Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको फराकिलो लक्ष्य दिएको छ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिंगापुरविरुद्ध बनाएको यो स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो । खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।

कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए ।

आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।

नेपाल र सिंगापुरको यू-१९ टोलीबीच अहिलेसम्म ९ खेल भएको छ । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ८ खेलमा जित हात पारेको छ । सिंगापुरविरुद्ध हार नखेपेको नेपालले सिंगापुरसंग १ खेलमा खराब मौसमका कारण बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया