Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – भारतीय एयरलाइन्स जेट एयरवेजले आर्थिक संकट भएपछि आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । १९९२ काे अप्रिल १ देखि सञ्चालनमा आएकाे जेट एयरवेजले १९९३ मा चार वटा बोइङ ७३७ विमानसँगै पहिलाे उडान सुरु गरेकाे थियाे ।

२०१२ सम्म आउँदा भारतकाे सबैभन्दा ठूलाे निजी विमान कम्पनी बन्न पुग्याे तर २०१८ काे सुरुवातदेखि याे आर्थिक संकटमा पर्याे । जेट एयरवेजले अहिले २६ बैंकबाट ऋण लिएको छ । याे एयरलाइन्सको करिब ८ हजार करोड भारतीय रुपैयाँ ऋण भएको भारतीय मिडियामा उल्लेख छ । याे जेट एयरवेज बन्द भयो भने २३ हजार कर्मचारीको नोकरी जोखिममा पर्ने अनुमान गरिएकाे छ ।

जेट एयरवेज भारतको पुरानो निजी एयरलाइन्स हो । भारतीय सञ्चारमाध्यमका अनुसार जेट एयरवेजले अन्य १० विमानसहित हालसम्म ७९ विमानलाई सेवाबाट हटाएकाे छ । जेट एयरवेजसँग अहिले १६ सय पाइलट छन् । तीमध्ये ११ सय पाइलट सनल एभियटर्स गिल्ड (एनएजी) का सदस्य हुन् । वित्तिय संकटमा फसेपछि मार्चमा जेट एयरवेजका अध्यक्ष नरेश गाेयलले राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया