Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी-२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । आज बैंङ्लोरविरुद्ध एक विकेट लिएसँगै सन्दीपको ५० विकेट पुरा भएको हो ।

गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी-२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् । उनले आईपीएलपछि अस्ट्रेलियाको विग वास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका दर्जनौं प्रतियोगिता खेलिसकेका छन् ।

यो सिजनको आईपीएलमा सन्दीपले ५ विकेट लिएका छन् । ट्वान्टी-२० क्रिकेटमा ५० विकेट पूरा गर्नेमा सन्दीप पहिलो नेपाली बलर बनेका छन् ।

तपाईको प्रतिक्रिया