Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – धुर्मुस सन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज हुने भनिएको ‘मातृभूमि कप’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

आज टियु क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगिता वर्षाका कारण स्थागित गरिएको हो । वर्षाका कारण प्रतियोगिता स्थगित भएपनि केही दिनमै नयाँ मिति तय गरिने धुर्मुस सुन्तिली फाउन्डेशनका अध्यक्ष सिताराम कटेल (धुर्मस)ले जानकारी दिए । मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘ए’ र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘बी’ नाम गरि दुई टोली बनाइएको थियो ।

उनिहरुको समर्थनमा कराकारहरुको टोली पनि रहेको थियो । जसमा दुई टोलीको कप्तानी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । उक्त खेलका लागि कलाकारहरु केही देखि नियमित अभ्यासमा छन् । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् ।  कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडीसमेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिइरहेका छन् ।

‘मातृ भूमि कप’बाट उठेको रकमको १५ प्रतिशत बारा र पार्साका आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने फाउन्डेशनले जनाएको छ । फाउन्डेशनका अध्यक्ष धुर्मुसले आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले ४ सय पीडित परिवारलाई राहत वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया