Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – जापानको टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक प्रतियोगिताका लागि म्यानमारमा जारी दोस्रो चरणको महिला फुटबल छनोटमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

६ महिनाअघि पहिलो चरणमा बराबरी खेलेको नेपाल दोस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई साताअघि घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध हार व्यहोरेको नेपाल बदला लिने लक्ष्यमा मैदान उत्रिँदैछ ।

समुह ए को पहिलो खेलमा म्यानमारविरुद्ध आक्रमक खेल प्रदर्शन गरेको नेपाल त्यही लयलाई निरन्तरता दिँदै भारतमाथि जित निकाल्ने योजनामा छ । उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल घरेलु टोलीसँग ३-१ ले पराजित भएको थियो । प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्धको लयलाई कायम राख्दै भारतविरुद्ध जितको रणनीतीमा रहेको बताए ।

पछिल्लो समय नेपाल र भारतबीच तीन पटक प्रतिस्पर्धा भएको छ । ६ महिनाअघि ओलम्पिक छनोटको पहिलो चरण, एक महिनाअघि हिरो वुमेन्स गोल्डकप र दुई साताअघि साफ च्याम्पियनसिपको फाइनलमा भिडेका दुई टोली समग्रमा ६ महिनाको अन्तरालमा चौंथो पटक आमने-सामने हुनेछन् ।

समूह ए मा रहेको नेपालले अन्तिम खेलमा मंगलबार इन्डोनेशियाको सामना गर्नेछ । समुह ए मा म्यानमार ३ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भएपनि भारत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इन्डोनेशियामाथि २-० को जित निकालेको थियो । नेपाल तेस्रो स्थानमा रहँदा इन्डानेसिया पुछारमा छ । समूहको शीर्ष स्थानमा रहने टोली तेस्रो चरणका लागि छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया