Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अफगानिस्तानले अस्घर अफगानलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट हटाएको छ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुन एक महिना बाँकी छदा अफगानिस्तान क्रिकेट बोर्डले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

अस्घरको स्थानमा अब गुब्लादिन नइबले एकदिवसीय टिमको कप्तानी गर्नेछन् । यस्तै टेस्ट टिमको कप्तानको जिम्मेवारी रहमत साहलाई दिइएको छ । टी–२० को कप्तानमा रासिद खान छन् । सन् २०१५ मा मोहमद नाबीको स्थानमा अस्घर कप्तानमा चुनिएका थिए । उनी कप्तानमा चुनिएपछि अफगानिस्तानले आइसिसीको पूर्ण सदस्यता पाएको थियो ।

यस्तै गत महिना देहरादुनमा आयरल्यान्डविरुद्धको टेस्ट उनको कप्तानीमा जितेर अफगानिस्तानले इतिहास बनाएको थियो । ३१ वर्षीय उनको कप्तानीमा अफगानिस्तानले ३३ एकदिवसीय खेल जितेको थियो । यस्तै टी-२० मा अफगानिस्तानले ५९ मध्ये ३७ खेल जितेको थियो । अफगानिस्तानले आगामी मेमा स्कटल्यान्ड र आयरल्यान्ड भ्रमण गर्दैछ। उसले दुवै देशसँग २-२ एकदिवसीय खेल खेल्नेछ । अफानिस्तानले विश्वकपमा जुन १ मा अस्ट्रेलियासँग पहिलो खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया