Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – म्यानमारमा हुने ओलम्पिक फुटबलको दोस्रो चरणको छनोट खेल खेल्ने नेपाली महिला राष्ट्रिय टोलीको आज विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघले एक कार्यक्रमबीच उनिहरुलाई विदाई गरेको हो । समूह ‘ए’मा रहेको नेपालले म्यानमार, भारत र इन्डोनेसियासँग खेल्ने छ । नेपालले आगामी बुधबार म्यानमार र शनिबार भारतसँग खेल्ने छ । अप्रिल ९ तारिखमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टोली केही साता अघि विराटनगरमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।

फाइनलमा भारतसँग पराजित भएको थियो । समूहको विजेता टोली छनोटको तेस्रो चरणमा पुग्ने छ । यसअघि नेपालले पहिलो चरणमा तीनवटै खेल बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको थियो । त्यतिबेला भारत, म्यानमार र बंगलादेशसँग बराबरी खेलेको हो ।

नेपाली टोली : अमृत जैँसी, अनिता बस्नेत, अनिता केसी, अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, दीपा राई, गिता राना, हिराकुमारी भुजेल, कविता धिमाल, मन्जली कुमारी योन्जन, मनमाया लिम्बु, निरु थापा, पुजा राना, पुनम जर्घा मगर, रेखा पौडेल, रेनुका नगरकोटी, सावित्रा भन्डारी, सरु लिम्बु, शर्मिला थापा र उषा नाथ ।

तपाईको प्रतिक्रिया