Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – प्राय मानिसले आफ्नो दैनिकीकाे सुरुवात चियाको चुस्की सँगै गर्ने गर्छन्। बिहानको समयमा मात्र हाेइन दिउँसो वा वेलुकी पनि चिया अनिवार्य खानै पर्ने खालका मानिस पनि हुन्छन्। अझ दुधको चियानै खानु पर्ने खालका मानिस झन् धेरै देखिन्छन्। कही साथीभाइ भेट्ने वित्तिकै चिया खाने त नेपालीको संस्कारसँगै जोडिएको हुन्छ। चियामा मानव शरिरलाई असर गर्ने खालका बिभिन्न तत्वहरू हुने भएकाले चिया खाने बित्तिकै शरीर तातो हुने भएकाले धेरैले चिसो मौसममा चिया खाने गरेको पाइन्छ।

कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइने हुँदा कालो चिया नियमित सेवन गर्दा मधुमेह उच्चरक्त चाप र मुटुरोगीको स्वास्थ्यमा फाइदा पुर्‍याउने भएकाले कालो चिया स्वास्थ्यको लागि राम्रो मानिएको पनि दूध चियाले स्वास्थ्यमा फाइदा पर्‍याउनु भन्दा हानी पुर्‍याउने चिकित्सकले बताउँदै आएका छन्। दूधको चियाले ग्यास्ट्रिक बढ्नुका साथै शरीरमा चिनीको मात्रा बढाउनुका साथै मुटुरोग लाग्ने सम्भावना समेत बढाउने अमेरिकामा गरिएको एक अनुसन्धानले देखाएको छ। यस कारण खानु हुँदैन दूध चिया चियामा दूध मिसाएर वा दूध चिया खाँदा स्वास्थ्यमा कस्तो असर पार्छ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए।

उनीहरूले १६ जना स्वस्थ्य स्वयंसेविकामा परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलालाई एक दिन तातोपानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भइरहेको गतिविधि निरीक्षण गरेका थिए। तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूधको चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्त नशामा हुने रगतको सञ्चारमा समस्या हुने गर्छन्।

दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’ को मात्रामा कमि हुँदा यस्तो समस्या हुने अनुसन्धानले देखाएको छ। खाली पेटमा दूध चिया नियमित खानाले वान्ता हुने, पेट फुल्ने हुँदा खाली पेटमा दूधको चिया खान राम्रो मानिँदैन। चियामा दूध मिसाउँदा चियामा एन्टिअक्सिडेन्ट नष्ट हुने गर्दछ। अझै खाली पेटमा दूध चिया खादा ग्यास्ट्रिक बढ्ने लामो समय सम्म दूध चिया खाँदा अल्सर हुँदै पेट र आन्द्राको क्यान्सरको हुने समेत अनुसन्धानले देखाएको छ। साथै अनुसन्धानले दिनमा ५ पटक बढी चिया पिउने पुरुषलाई लामो समय पछि प्रोटेस्ट क्यान्सरको जोखिम हुने समेत पाइएको छ। दूध चियामा फ्लोराइड’ भन्ने तत्व हुनाले धेरै चिया पिउनेको हड्डी कमजोर हुने समेत सम्भावना हुन्छ। यस्तै दूध हालेको चिया खानाले शरीरमा सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन हुँदा शरीर कमजोर हुँदै जान्छ।

तपाईको प्रतिक्रिया