Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं –  पाँचौ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । विराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि कब्जा गरेको हो ।

भारतले योपटकको गरी पाँचौ पटक उपाधि जितेको हो । पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १-१ गोल रहेको थियो । तर, दोस्रो हाफको ९० मिनेट र थप पाँच मिनेटसम्ममा भारतले थप दुई गोल गर्दै आफ्नो अग्रतालाई फराकिलो पारेको थियो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतकी जर्सी नम्बर १७ कि जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो ।

यस्तै खेलको ३३ औं मिनेटमा नेपालको तर्फबाट जर्सिनम्बर ९ कि सावित्री भण्डारीले भारतलाई पुन गोल फर्काउन सफल भइन् । दोस्रो हाफमा ग्रेस दाङ्मेले एक गोल गरेकी थिइन् भने ७७ औं मिनेटमा जर्सिनम्बर १३ की अन्जु तामाङले अर्को गोल गर्न सफल भइन् । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको नेपालले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन् ।

तपाईको प्रतिक्रिया