Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । अभिनेत्री थापाले आगामी बैशाखमा विराटनगरमा हुने पहिलो महिला टी-२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् ।

उनले एनसिएल स्पोर्टसको आयोजनामा आगामी बैशाख ७ गतेबाट विराटनगरमा हुने प्रथम महिला टि-२० क्रिकेट लिगका लागि काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी टोली किनेकी हुन् । रेखाको टोलीकी मार्की खेलाडी नेपाली महिला टोलीकी पूर्व कप्तान नेरी थापा रहेकी छिन् । काठमाडौंमा आज भएको एक कार्यक्रममा आयोजक एनसिएल स्पोर्टसले प्रतियोगितामा सहभागिता जनाउँने ४ वटा फ्रेन्चाइजी टोलीको घोषणा गरेको छ ।

जसमा रेखाको काठमाडौंसँगै विराटनगर रोयोरिंङ लायोनेस, भैरहवा क्विन्स् र धनगढी वन्डर वुमेन रहेका छन् । विराटनगरका मालिक अनुप सेक्सेना हुन् भने भैरहवाका अनिल भण्डारी र दीपक सुवेदी तथा धनगढीका हरि खनाल रहेका छन् । नेपालमा पहिलो पटक हुन लागेको महिला टि-२० फ्रेन्चाइजी लिग आगामी वैशाख ७ देखि १४ सम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका टोलीहरुले अक्सनमार्फत खेलाडीहरु अनुबन्ध गर्नेछन् । आयोजकले केहीदिनमा काठमाडौंमा अक्सन आयोजना हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया