Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – जापानमा जारी नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले दुई पदक जित्न सफल भएको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका हुन् । काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५-० ले पराजित हुँदा पन्तले रजत पदकमै चित्त बुझाए ।

नेपालले सितोरियो करातेमा विश्व च्याम्पियनसिपमा जितेको यो नै अहिलेसम्मको ठूलो पदक हो । यसअघि नेपालले नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो । यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८-० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनले मेक्सिकोमाथि १-० को जित निकालेर फाइनलमा स्थान बनाएका थिए ।

यसैगरी ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । विजयले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७-० ले हराएर पदक जितेका हुन् । त्यसअघि उनले प्रिक्वाटरफाइनलमा चीनका खेलाडीमाथि ४-२ को जित निकालेका थिए ।

यस्तै क्वाटरफाइनलमा हङकङका खेलाडीसँग २-२ को बराबरी खेलेका थिए । प्रतियोगितामा ३९ देशका करीब १२ सय खेलाडीले भाग लिएका छन् । सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए ।

तपाईको प्रतिक्रिया