Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाल ‘आइसीसी’को एकदिवसीय क्रिकेटको वरियतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत रहेको छ ।

नेपालले कुल १ सय ५२ अंक पाएको छ । गत महिनादेखि ‘आइसीसी’को वरियतामा परेको नेपालले टी-ट्वान्टी वरियताको भने १४ औँ स्थानमा रहेको छ । एकदिवसीय मान्यता पाएको नेपालले गत महिना मात्र संयुक्त अरब इमिरेट्स ‘युएई’सँग तीन एकदिवसीय खेल खेलेको थियो । उक्त सिरिज नेपालले २-१ ले जितेको थियो ।

नयाँ वरियताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।

तपाईको प्रतिक्रिया