Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – सिरिज  खेल न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ । बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन् ।

उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो । मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए । मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो । पछि उनीहरू बसबाट झरेर भागेका थिए । त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए ।

अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ । त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइएकाे छ । उनीहरूले शनिबार न्युजिल्याण्डको अन्तिम टेस्ट म्याच खेल्ने/नखेल्ने अन्यौल भएको छ ।

तपाईको प्रतिक्रिया