Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – आगामी वैशाख १० गतेदेखि शुरु हुने पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने भएको छ । शेरबहादुर खड्का स्मुति प्रतिष्ठानको आयोजनामा हुन लागेको यो प्रतियोगितालाई केनपी जापानले विगत तीन वर्षेदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

आज एक कार्यक्रमकाबिच प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयाे ।  यो सम्झौता अनुसार केएनपीले नगद, मञ्च व्‍यवस्थापन लगायतका कार्यमा खर्च गर्ने बताइएको छ । सम्झौता पत्रमा हस्तान्तरण गर्दै मुख्य प्रायोजक केएनपी जापान प्रालीका नेपाल प्रमुख  मिश्रले आफ्नो कम्पनी राष्ट्रिय स्तरको  महिला भलिबल प्रतियोगताको हिस्सेदार बन्न पाउँदा गर्वको कुरा भएको भन्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयाे ।

त्यस्तै कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले एकल पहलमा राष्ट्रियस्तरको महिला भलिबल खेलको लागि नीजि क्षेत्रको सहयोग जुट्नु सराहनीय भएको बताउनुभयाे । प्रतियोगिता तीन विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी र पुलिससहित न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल संघ सहभागी हुनेछन् ।

पहिलो पटक खेलाडीको बिमा गरेर प्रतियोगिता गर्न लागिएको जनाउँदै प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ, तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ तृतीय हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीले ५ हजारका दरले पुरस्कार पाउनेछन् । ‘विमेन अफ दि म्याच’ हुनेले ५ हजार नगद र ट्रफि प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अर्वाडको विजेताले जनही १५-१५ हजार पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया