Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत पुरुषको वर्ष क्रिकेट खेलाडी अवार्डका लागि मनोनित भएका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आज सार्वजनिक गरेको मनोनित खेलाडी सूचीमा कप्तान पारससहित पाँच खेलाडी परेका हुन् ।

पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डका लागि कप्तान पारससहित दिपेन्द्र सिंह ऐरी,करण केसी,सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । यस्तै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी,सरिता मगर र सिता राना मगर मनोनयनमा परेकी छिन् । उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा,कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ । समितिमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा, प्रशिक्षक विनोद दास, अम्पायर विनोद कुमार झा, अम्प्यार दुर्गानाथ सुवेदी, नेपाल खेलकुद पत्रकार मंचका प्रतिनिधि सरिता श्रेष्ठ, सुबास हुमागाई र टेक्निकल कोअर्डीनेटरमा रमण शिवाकोटी रहेका थिए ।

सिप्यानले बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड समेत पर्दान गर्ने छ । बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसंगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् । सिप्यानले पाँच विधाको अवार्ड फागुन २१ गते प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया