Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य पेश गरेको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११६ रनको सम्मानित योगफलल तयार पारेको हो ।

प्रतियोगितामै सबैभन्दा कमजोर टोली कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेतले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ ।

ओपनर सीता रानामगर खाता नखोली आउट भए पनि अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरिता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो ।

तर छैटौं विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे । नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरिन् । इनिङको अन्तिम बलमा आउट हुनुअघि रुविनाले १३ बलमा ३ चौकाको सयोगमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् ।

बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए ।

नेपालले यस खेलमा जित हासिल गरे पनि सन् २०२० मा हुने टी–२० विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्ने सम्भावना कमजोर छ । सात राष्ट्र सम्मिलित यस प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । प्रतियोगितामा थाइल्याण्ड अपराजित छ । उसले आज दिउँसो अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले यसअघि मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया