Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ । लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै  तेस्रो स्थानमा उक्लिएको छ ।

थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ७२ रनमा समेटियो । चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले ३ विकेट लिइन् । कविता कुँवरले १ विकेट हात पारिन् । चीनका लागि झाङ मेईले सर्वाधिक ३३ रन बनाउँदा सेन झुले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मध्यम प्रदर्शन गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो । नेपालका लागि कालोल श्रेष्ठले १८ रनबनाउँदा सीता राना मगर ११ र बिन्दु रावलले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् । नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।

चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् । यो जितसँगै नेपालले ५ खेलबाट ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलबाट शतप्रतिशत जित निकालेको थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ४ जितसहित राम्रो रनरेटका आधारमा युएई दोस्रो स्थानमा छ । ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । तर नेपालले अब लगभग लगभग असम्भव जस्तै देखिएको छ ।

शीर्ष स्थानको थाईल्याण्डले अब अन्तिम खेलमा युएईबिरूद्ध फराकिलो हार र नेपालले अन्तिम खेलमा कुवेतमाथि फराकिलो जितको बिकल्प छैन । अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसँग फराकिलो अन्तरमा पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया