Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – भारतविरुद्धको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले ३ विकेटले जितेको छ ।

आइतबार राति भएको खेलमा १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

अस्ट्रेलियालाई जित दिलाउन ग्लेन म्याक्सवेलले ५६ रन बनाएका थिए । डेरेक सटले ३७ रन बनाएर आउट भएका थिए । अन्त्यमा पेट कम्युन्स र जे रिचर्डसनले तीन तीन बल खेल्दै सात सात रनमा नटआउट रहेर खेल जिताएका थिए ।

भारतका लाजि जसप्रित बुम्राहले ३ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।

भारतका लागि केएल राहुलले सर्वा्धिक अर्धशतक सहित ५० रन बनाउँदा महेन्द्रसिंह धोनी २९ रनमा नट आउट रहे । कप्तान विराट कोहली २४ रन बनाउँदै पेभेलियन फर्कदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका नाथन कल्टर नाइलले ३ विकेट लिए । आइतबार रातिको जितसँगै अस्ट्रेलियाले तीन टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ ।

तपाईको प्रतिक्रिया