Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले तेस्रो जित दर्ता गरेको  छ । हङकङले दिएको ६३ रनको लक्ष्य पछ्याएको नेपालले ९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो ।

फितलो ब्याटिङ गरेको नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन् । ३५ बल खेलेकी उनले ३ चौका प्रहार गरेकी थिइन् । यस्तै सरिता मगरले १६ रनमा नटआउट रहिन् ।  बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । हङकङका लागि जस्मिन टिटमसले सर्वाधिक ३ विकेट लिइन् । यसअघि थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो ।

हङकङका लागि ओपनर बेला पुनले ११ रन जोड्दा यास्मिन दसवानीलाई १६ रन बनाइन् । यस्तै मरिना लाम्पलोले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् ।हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो । हङकङको सूरुवाती ब्याटिङ लाईन ध्वस्त बनाउने क्रममा नेरी एक्लैले ६ विकेट हात पारिन् ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा  यथावत छ । नेपालले ४ खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट आयोजक थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ । यस्तै एक खेल बढी खेलेको युएई पनि समान ८ अंकसहित दोस्रो स्थानमा छ । ५ खेल खेल्दै ६ अंक जोडेको चीन नेपालसँग रनरेटमा अघि हुँदै तेस्रो स्थानमा यथावत छ । अंकविहीन हङकङ पुछारबाट दोस्रोमा तथा कुवेत पुछारमा रहेका छन् ।

बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसँग ५७ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।

तपाईको प्रतिक्रिया