Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – तेस्रो संस्करणको धनगढी प्रीमिएर लिग क्रिकेटको उपाधि भिडन्तमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १२४ रनको लक्ष्य दिएको छ ।  टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर निर्धारित २० ओभरमा १२३ रनमा अलआउट भयो ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन बनाए । ४१ बलको सामना गरेका दिलिप ५ चौका र १ छक्का प्रहार गर्दै बोल्ड भए । कुसल मल्लले १ चौका र २ छक्काको मदतमा २५ रन जोडे । धर्माराएको महेन्द्रनगरको इनिङ कुसल र दिलिपले सम्हालेका थिए । युवा खेलाडी रोहित पौडेल २४ रनमा अबिजित रहे ।

ओपनर मोहम्मद नाभिद १० तथा आरिफ शेखले ११ रन बनाए । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरीको बलमा कमलसिह ऐरीबाट क्याच हुनुअघि नाभिदले ५ बलको सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे । आरीफ पनि दिपेन्द्रको बलमा सन्नी पटेलमार्फत क्याच भए । विदेशी खेलाडी आनन्द २ तथा महेन्द्रनगरका कप्तान शरद भेषावकर र अभिनास बोहरा खाता नै नखोली आउट भए ।

सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले २ विकेट लिए । सन्नी पटेलको नाममा एक विकेट रह्यो । काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको हो ।

तपाईको प्रतिक्रिया