Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा उनको टिमले आज चाैथाे खेल खेल्दैछ ।

यूएईमा जारी प्रतियोगताअन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

गएको वर्ष आईपीएलमा डेब्यू गरेयता विश्वका हरेकजसो फ्रेन्चाइज लिगमा धुम मच्चाएका सन्दीप आजकाे खेलमा टिममा पर्ने सम्भावना धेरै रहेको बताइएको छ । उनको टिमले अहिलेसम्म तीन खेल खेलेकोमा २ खेलमा पराजित तथा एक खेलमा मात्रै जित हात पारेको छ ।

सन्दीप नेपालले यूएईविरुद्धको सिरिज जितेपछि उतैबाट अस्ट्रेलिया गएका थिए । अस्ट्रेलियाको बिग ब्याश लिगमा उनको टिम उप-विजेता भएको थियो । उनी अष्ट्रेलियाबाट पीएसएल लिग खेल्न यूएई गएका हुन् । पीएसएल पछि उनी आईपीएलका लागि भारत आउने छन् ।

तपाईको प्रतिक्रिया