Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालकी विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छिन् । प्रतिस्पर्धामा उनले आफ्नो स्पर्धा उनले एक मात्र सहभागी बन्दै ‘प्रो कार्ड’ जित्न सफल भएकी हुन् ।

नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने छिन् । बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन ‘प्रो कार्ड’ आवश्कता पर्छ । प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इङ्ग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । ‘मेन्स फिजिक’को प्रो कार्ड भारतका सौराम्ती सिंहले जिते । उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए ।

‘मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले हात पारेका छन् । प्रो कार्ड जितेका चार बडिबिल्डरले अब आगामी सेम्टेम्बरमा अमेरिकामा हुने हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् । प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, युएइलगायत मुलुका खेलाडी नेपाल आएका थिए । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्व विख्यात बडिबिल्डर रोली विङ्कलर पनि नेपालमै छन् । प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार जना निर्णायकमण्डल नेपाल आएका थिए ।

च्याम्पियनशिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिनुभयो । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ । विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा राष्ट्रिय खेलकूद परिषद्को सदस्य विचव जगतबहादुर विश्वकर्माले ‘प्रो कार्ड’ प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया