Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन् । जारी प्रतियोगितामा ४ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छन् ।

उनले भारतविरूद्ध दुई गोल गरेकी थिइन् भने समूह चरणको अन्तिम खेलमा इरानविरूद्ध २ गोल गरेकी थिइन् । शुक्रबार उडिसामा सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई पहिलो हाफमा १-१ गोलको बराबरीमा रोके पनि दोस्रो हाफमा दुई गोल ब्यहोर्दै पराजित हुन पुग्यो ।

म्यानमारको जितमा यियि ओले २ तथा विन थिङ तुनले १ गोल गरिन् । नेपालका लागि मञ्जली कुमारी योञ्जनले एक गोल फर्काएकी थिइन् । भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन । लिग चरणको पहिलो खेलमा नेपाली टिम फिफा वरियतामा आफूभन्दा ६४ स्थानमाथि रहेको म्यानमारसँग ३-० ले पराजित भएको थियो । साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया