Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औँ संस्करण आज सुरु हुँदैछ ।

बुटबलको देवी नगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज झापा ११ र विभागीय एपीएफ प्रतिस्पर्धा गर्नेछन् । २ टोलीबीचको प्रतिस्पर्धा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।

२ विदेशीसहित १० टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल र ५ विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगितामा विदेशी टोलीको रुपमा क्यामरुनको दाफिन्स फुटबल फेमेली र ब्रदर्स युनाईटेड रहेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई बुटबल उप–महानगरपालिकाले पनि साथ दिएको छ ।

तपाईको प्रतिक्रिया