Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् ।

पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा थिए ।

प्रतियोगितामा सबैभन्दा कम वरियतामा रहेको नेपालले म्यानमारसँग पराजित हुँदा बाँकी दुवै खेलमा जित निकालेको थियो । भारतमाथि २–१ को जित निकालेको नेपालले अन्तिम खेलमा इरानमाथि ३–० को फराकिलोे जित दर्ता गर्न सफल भयो ।

इरानले कुनै पनि खेल नजित्दा भारतले एक खेल जित्यो भने २ खेल जितेको नेपाल र तीन खेल नै जितेको म्यानमार फाइनलमा पुगेका हुन् ।

फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । म्यानमार पनि लगातार अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ ।  म्यानमार र नेपालबीचको फाइनल खेल साँझ सवा ६ बजे सुरु हुने छ ।

तपाईको प्रतिक्रिया