Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती रियाल मड्रिड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा स्पेनीस क्लब रियाल मड्रिडले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले हरायो ।

रियाललाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे । आयाक्सका हकिम जियचले एक गोल फर्काए ।

गएराती भएको अर्को खेलमा इङ्गलिस टोली टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–० ले पराजित गर्‍यो ।

आफ्नै मैदानमा टोटनह्यामलाई सहज जित दिलाउन हिउङ मिन सन, यान भर्टोङ्गेन र फर्नान्डो लोरेन्तेले एक एक गोल गरे ।

बोरुसीया डर्टमण्ड र टोटनह्यामबिचको दोस्रो लेगको खेल आगामि मार्च ६ तारिखमा जर्मनीमा हुनेछ । सोही दिन स्पेनमा रियाल मड्रिड र आयाक्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया