Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – साविकको उपविजेता काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्स ४ रनले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो ।

धनगढीले दिएको १ सय ३२ रनको लक्ष्य काठमाडौंले ६ विकेट गुमाएर भेट्टाएको थियो । अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ८ रन आवश्यक रहँदा खेल रोमाञ्चक बनेको थियो । त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा अमितले डीपिएलको तेस्रो संस्करणको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५० रन जोडेपछि धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन जोड्यो ।

तपाईको प्रतिक्रिया