Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

धनगढी –  तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट आज (सोमबार) बाट सुरु हुदैछ । बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा सोमबार दुई खेल हुँदैछ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ ।

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लकाे कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सकाे नेतृत्व सोमपाल कामीले गर्नेछन्। अघिल्ला दुवै संस्करणको उपाधि जितेको धनगढी उपाधि रक्षाको लक्ष्यमा हुनेछ । यता, काठमाडौं अघिल्लो संस्करणको फाइनलमा व्यहोर्नु परेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

सोमबार नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रदा महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।

टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने छ । अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया