Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – भारतको उडिसामा भैरहेकाे हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले साेमबार भारतसँग खेल्दैछ ।कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सात बजेबाट सुरू हुनेछ ।

पहिलाे खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएकाे नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ ।

यता भारत पनि नेपालविरूद्द जहिले पनि हावी हुँदै आएकाे छ । साे दबावलाइ निरन्तरता दिन चाहन्छ । आज नेपाल पराजित भएमा उपाधिकाे यात्रा समाप्त जस्तै हुनेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया