Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे ।

यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५ मिनेटभित्रै ४ गोल गरेको थियो । खेलको चौथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं र १९ औं मिनेटमा अग्युरोले गोल गरेका थिए ।

त्यस्तै २५ औं मिनेटमा गुन्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो । खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५–० बनाए ।

योसँगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसँग बराबरी गरेका छन् । एकपक्षीय खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित  दिलाए ।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ ।

पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले पनि सहज जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

टोटनह्यामलाई जिताउन डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक–एक गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए । जितसँगै टोटनह्यामले २६ खेलबाट ६० अंक जोड्दै लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । ३२ अंकसहित लेस्टर सिटी भने १२ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया