Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । उपाधि दाबेदार मानिएको जापानको रिस्सो युनिभर्सिटीलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै एपिएफ पोखरा कपको फाइनलमा प्रवेश गरेको हो ।

जापानको रिस्सो युनिभर्सिटी हावी भएको खेलमा एपीएफ निरिह देखिए पनि भाग्यले साथ दिएपछि विजय हासिल गर्न सफल भयो । आक्रामक जापानलाई रोक्न एपीएफले शुरुदेखि अन्तिमसम्मै रक्षात्मक खेलेको थियो । खेलमा जापानको ६५ र एपीएफको ३५ प्रतिशत बल पोजिसन रहेको थियो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट गोलरहित बराबरी भएपछि खेलको परिणाम निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो । पेनाल्टी सुटआउटमा जापानका नासुकी टकेडा र टाकुटो योशिनो गोल गर्न असफल भएपछि जापान प्रतियोगिताबाट बाहिरियो ।

जापानका नासुकी टकेडाले प्रहार गरेको बल एपीएफका गोलकिपर राजु नगरकोटीले रोके भने टोकुटो योसिनोले प्रहार गरेको बल पोल माथिबाट बाहिरियो । जापानका तर्फबाट क्याप्टेन टाकुया हितोमीको प्रहारले मात्र जाली चुमेको थियो । एपीएफको जितमा सुदीप शिख्राकार, आशिष लामा, राजिव लोप्चन र गोलकिपर राजु नगरकोटीले गोल गरे । शुक्रबारको खेलमा एपीएफका गोलकिपर राजु नगरकोटी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया