काठमाडौं – मनकामना केबलकार पोखरा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुदैछ ।
२ टोलीबीचको प्रतिस्पर्धा पोखरा रंगशालामा दिउँसो साडे २ बजेपछि सुरु हुनेछ । बिग्रेड ब्वाईज, आयोजक पोखरा ११ लाई हराउँदै क्वार्टरफाइलमा प्रवेश गरेको हो भने मनाङ वाई पाएर क्बार्टरफाइनल पुगेको हो ।
आजको बिजेताले सेमिफाइनलमा क्यामरुनको दाफिन्स फुटबल फेमेलीको सामना गर्नेछ । यसअघि हिजो भएको तेस्रो क्वार्टरफाइनलमा विभागीय नेपाल पुलिसलाई १–० ले हराउँदै जापानको रिस्सो युनिर्भसिटी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।
गोल्डकपको बिजेताले ७ लाख ५५ हजार रुपैया हात पार्नेछन् ।