Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कँदै छ ।

यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ ।

२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।

आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो । पहिलो सिरीजमा पनि नेपाल पराजित भएको थिएन ।

नेपाले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो । यस पटक एक दिवसीय र टी–२० का सुरुका खेल हारे पनि लगातार दुई–दुई खेल जित्दै सिरीज नै आफ्नो पोल्टामा पार्न सफल भयो ।

नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।

तपाईको प्रतिक्रिया