Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ । यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो ।

वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो । आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे । मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् ।

युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए । यसअघि नेपालका दुबई स्थित आईसिसी ग्लोबल एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन् ।

यस्तै ११ बल खेलेका सुनदीप जोराले  ३ छक्कासहित २८ रन बनाए । पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।  भण्डार १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाए । करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भए । युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २-२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १-१ विकेट लिए ।

वर्षाले प्रभावित भएपछि खेल दश ओभरमा छोट्याइएको हो ।

तपाईको प्रतिक्रिया