Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – युएई भ्रमणको अन्तिम दिन आज नेपाल र युएईबीच टी-२० शृङ्खलाको अन्तिम दिन निर्णायक प्रतिस्पर्धा हुँदैछ । खेल १-१ को बराबरी स्थितिमा छ र दुवै टोली खेल जितेर शृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा छ ।

तीन एकदिवसीय शृङ्खला २-१ ले जितेको नेपालले टी-२० मा पनि त्यही इतिहास रच्न चाहन्छ, जहाँ युएई पनिआफ्नो घरेलु मैदानमा निर्णायक खेल जितेर एकदिवसीय शृङ्खलाको पराजयको बदला लिने सोचमा छ । खेल नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा शुरू हुनेछ । बलिङको परम्परागत लयमा नेपाललाई कुनै समस्या नभए पनि शुरूवाती ब्याट्सम्यानहरुको अस्थिर प्रदर्शन कायम रहनु चाहिँ टोलीको चिन्ताको विषय बन्दै आएको छ ।

टी-२० को अन्तिम दिन आइतवार पनि अर्को प्रयोग हुन सक्ने नेपाली टोलीका कप्तान पारस खड्काले सङ्केत गरेका छन् । ज्ञानेन्द्र मल्लसँगै विनोद भण्डारी प्रारम्भिक ब्याट्सम्यानको रुपमा प्रयोग हुन सक्ने सम्भावना रहेको बताइको छ । त्यस्तै युवा खेलाडी भीम सार्कीको पनि शृङ्खलामा डेब्यु हुन सक्ने बताइएको छ ।

युएई भ्रमणमा अझैसम्म मैदान छिर्न नपाउने भीम एकमात्र खेलाडी हुन् । टी-० को खेलिएको दुई खेलमा कप्तान पारस खड्का आफै शुरूवाती ब्याटिङ गर्न आएका थिए र प्रदिप ऐरीले उनको साथ दिएका थिए। तर यो प्रयोग सफल हुन सकेको देखिएन । पहिलो खेलमा ऐरी र दोस्रो खेलमा पारस पहिलो बलको सामना गर्ने क्रमममा नै आउट हुन पुगेको थियो ।

बलिङतर्फ युवा सन्दीप लामिछाने र सोमपाल कामीको प्रभाव कायम छ । त्यसैमा फर्ममा नदेखिएको देखिएका वसन्त रेग्मीको स्थानमा पूर्ति युवा खेलाडी अभिनाश बोहोराले गरिरहेको देखिएको छ । दुबईमा रहेका नेपाली समर्थकहरूको साथ आज पनि नेपालको हौसलाको प्रमुख कारण हुने विश्वास टोलीका खेलाडीहरूको छ ।

तपाईको प्रतिक्रिया