Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – यूएईमा जारी तीन खेलको ट्वान्टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको छ । यूएईले दिएको १०८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए । ४१ बल खेलेका ऐरीले ४ चौका र एक छक्कासहित ४७ रनमा अभिजित रहे । यस्तै २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए । यसअघि करन केसीले २३ बल खेल्दै १ छक्का र २ चौकासहित २० रन जोडेका थिए । प्रदीप ऐरीले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए ।

कप्तान पारस खड्का पहिलो बलमा शून्य रनमा आउट हुँदा सुनदिप जोराले १ रन जोडेका थिए । यसअघि टस जितेरपहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया