Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  यूएईका नियमित कप्तान रोहन मुस्तफा धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट खेल्ने भएका छन् । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ ।

अघिल्लो सिजन पनि धनगढीबाट खेलेका रोहनलाई टिमले फेरि एकपटक अनुबन्ध गरेको छ । अघिल्लो सिजन म्यान अफ द सिरीज बनेका रोहनले पोखरा प्रिमियर लिगमा बुटवलबाट खेलेका थिए । यो टिमका कप्तान पनि सोमपाल कामी नै रहेका थिए ।

केहि साता अगाडि भएको एभरेष्ट प्रिमियर लिग खेलेका रोहन नेपालमा चौथो प्रतियोगिता खेल्ने भएका छन् ।

अहिले यूएई क्रिकेट बोर्डको सस्पेन्सनमा रहेका रोहन नहुँदा यूएईले नेपाल विरुद्धको एकदिवसीय सिरीज दुई एकले गुमाएको छ ।

तपाईको प्रतिक्रिया