Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टाेकियाे – जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा तीनै गोल जापानले दोस्रो हाफमा गरेको थियो । जापानका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरेका थिए ।

५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १–० ले अघि रहेका बेला जापानले ६७ औं मिनेटमा पेनाल्टी पाएको थियो । इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए ।

९१ औं मिनेटमा जेन्की हरगुचले गोल थप्दै जापानलाई इरानमाथि ३–० को जित दिलाउन सफल भए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया