Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ । युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो ।

योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो ।

यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो । नेपालको जितमा कप्तान पारस खड्का नायक सावित भए । नेपालका लागि पहिलो एक दिवसीय सतक बनाएका खड्काले १०९ बल खेल्दै ११५ रन बनाएका थिए । पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे ।

एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै रोहित कुमार पौडेलले  १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए । यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे ।

तपाईको प्रतिक्रिया