Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – युएईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाललाई युएईले २५६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५५ रन बनाएको हो ।

युएईका लागि साइमान अनवारले सर्वाधिक ८७ रन बनाए । एक समय खातामा शून्य रन हुँदा २ विकेट गुमाएको युएईले ५० रन नपुग्दै चार विकेट गुमाइसकेको थियो । त्यसपछि सिपी रिजवानसँग मिलेर साइमनले युएईको स्कोर २ सय रन कटाएका थिए । यृएईका लागि साइमन अनवरले ८७ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे ।

नेपालका लागि करन केसी र कप्तान पारस खड्काले २-२ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

तपाईको प्रतिक्रिया