Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज ( सोमबार) घरेलु टोलीसंग अन्तिम तथा तेस्रो एकदिवसीय खेल खेल्दैछ । घरेलु टोलीसंग तीन खेलको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले सोमबार अन्तिम एकदिवसीय खेल खेल्न लागेको हो ।

दुबईस्थित आईसिसी क्रिकेट एकेडमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्ने अवसर रहेको छ । अन्तिम तथा तेस्रो एकदिवसीयमा जित निकाल्न सफल भए नेपालले ऐतिहासिक सफलता पाउने छ ।

नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ । नेपालले खेलेको पहिलो एकदिवसीय सिरिज भने बराबरी भएको थियो । नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।

नेपालले जित निकालेमा पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिजको स्वाद चाख्ने छ । अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ । युएईलाई हराउन सके नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिजको स्वाद चाख्ने छ ।

युएईलाई पन्छाउनु नेपाललाई कठिन चुनौती भने छ । तर, नेपाल युएईविरुद्धको दोस्रो खेलको जितले हौसिएको छ । पहिलो एकदिवसीयमा खराब प्रदर्शन गरेको नेपाल घरेलु टोलीसंग ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो । नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्न शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नु पर्नेछ । दोस्रो एकदिवसीय नेपालको ओपनिङ ब्याटिङ र मध्ये क्रमको ब्याटिङ चलेको थियो ।

नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको  सर्वाधिक ठुलो योगफल समेत हो ।उक्त खेलमा युवा स्टार रोहित कुमार पौडेलले कीर्तिमानसहित अर्धशतक बनाएका थिए ।

रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सर्वाधिक कम उमेरको खेलाडीको कीर्तिमानी बनाएका थिए ।

यस्तै ओपनर बलर सोमपाल कामीले पाँच विकेट लिएका थिए । युएईलाई सस्तैमा सोमपालले ६ ओभर ३ बल बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए । सोमपाल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका थिए ।

नेपालले घरेलु टोलीसंग एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

तपाईको प्रतिक्रिया