Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चेल्सी र क्रिष्टल प्यालेस एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको चौथो चरणको खेलमा चेल्सीले शेफिल्ड वेनस्डेलाई ३–० ले हरायो । चेल्सीका लागि विलियनले दुई गोल गर्दा क्यालुम हड्सन ओडोईले एक गोल थपे ।

एफ.ए कपकै अर्को खेलमा टोटनह्याम हट्सपर भने पराजित भएको छ । लिग कपबाट बाहिरिएको एक साता बित्न नपाउँदै टोटनह्याम एफ.ए कपबाट पनि बाहिरिएको हो ।

गएरातिको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले २–० ले हरायो । प्यालेसको जितमा कोनर विकह्याम र एन्ड्रोस टाउनसेन्डको एक एक गोल सामाले थियो ।

आफ्ना चर्चित खेलाडीहरु ह्यारी केन, डेले अली र हिउङ मिन सनको अनुपस्थितीमा टोटनह्याम अहिले संकटमा छ ।

तपाईको प्रतिक्रिया