Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – यूएईसँग जारी दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहितकुमार पौडेलले अर्धशतक बनाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।

रोहितले आफ्नो पहिलो एकदिवसीय अर्धशतक बनाउदै विश्वमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । रोहितले १६ बर्ष १४६ दिनमा अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक बनाएका छन् ।

रोहितले यस्तो रेकर्ड बनाउदै भारतका सचिन तेन्दुलकर  र पाकिस्तानका शाहिद अफ्रिदीको रेकर्डलाई समेत तोडेका छन् । सचिनले टेस्ट क्रिकेटमा १६ बर्ष २१३ दिनको दिन पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । त्यस्तै अफ्रिदीले १६ बर्ष २१७ दिनको दिन श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

टेस्ट र एकदिवसीय खेलमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड भने दक्षिण अफ्रिकी महिला क्रिकेटर जोह्मारी लोंगटेनबर्गको नाममा छ । उनले १४ बर्षको उमेरमा अर्धशतक बनाएकी थिइन् । तर पुरुष खेलाडीमा भने अन्तर्राष्ट्रिय अर्धशतक बनाउने रेकर्ड रोहितकै नाममा भएको छ ।

रोहितले १५ बर्ष ३३५ दिनमा अन्तर्राष्ट्रिय एकदिवसीय डेभ्यु गर्दै सबै भन्दा कम उमेरमा डेभ्यु गर्ने चौथो खेलाडी बनेका थिए । यस खेलमा छैठौ नम्बरमा ब्याटिंग गर्न आएका रोहितले ५६ बलमा ५५ रनको पारी खेलेर रोहितले आफ्नो तेस्रो एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका हुन् । रोहित र आरिफ सेखले छैठौ विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

५ विकेट छिटो गुमाएको नेपालको पारीलाई आरिफ र रोहितले सम्हालेका थिए । नेपालका लागि तेस्रो एकदिवसीय खेलिरहेका रोहितको यो अहिलेसम्मको ठुलो स्कोर हो । नेपालका तर्फबाट अहिलेसम्म सोमपाल कामी, कप्तान पारस खड्का, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा अर्धशतक बनाएका छन् ।

तपाईको प्रतिक्रिया