Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं –  नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा आज टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो ।

जितसँगै नेपाले शृंखला बरबार गरेको छ । यूएईलाई सस्तैमा समेट्न सोमपाल कामीले ५ तथा सन्दीप लामिछाने ४ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरको लक्ष्य दिएको हो । एकदिवसीय अन्तराष्ट्रियमा नेपालको यो सर्वाधिक ठूलो योगफल हो ।

नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा ५५ रन बनाए । युवा ब्याट्सम्यान रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक हो । रोहितले आरिफ शेखसंग मिलेर छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रनको साझेदारी हो । आरिफ २९ रनमा आउट भए ।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । नेपालका कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१/२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट हुँदा ललित नारायण राजवंशी ३ रनमा अविजित रहे । यूएईका इमरान हेदर र अमीर हायतले ३/३ विकेट लिए । अब नेपाल र यूएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया