Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीमाथि नेपाली बलर हाबी भएका छन् । सुरूवाती ६ ओभरभित्रै ४ विकेट गुमाएको युएईले १५ औं ओभरमा थप तीन विकेट गुमायो ।

नेपालका लागि सन्दीप लामिछाने १५ औं ओभरको दोस्रो, तेस्रो र छैठौं बलमा विकेट लिए । यसअघि नेपालका लागि सोमपाल कामीले चार विकेट लिँदा सन्दीप लामिछानेले पाँचौ, छैठौं र सातौ विकेट लिएका हुन् ।

लामिछानेले व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा युएईका डेब्यू खेलाडी सिपी रिजवानलाई एलबिडब्लुको धरापमा पारे । त्यसपछि अर्को बलमा उनले युएईका फहाद नवाज र ओभरको अन्तिम बलमा आमिर हायातलाई आउट गरे ।

तपाईको प्रतिक्रिया