Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालले युएईसामू  २४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा जारी दोस्रो खेलमा निर्धारित ५०  ओभरमा ९ विकेटको क्षतिमा नेपालले २४२ रन बनाउन सफल बन्यो ।

नेपालका तर्फबाट रोहित कुमार पौडेलले अर्धशतक प्रहार गर्न सफल भए। उनले ५८ बल खेलेका पौडेलले नेपालका लागि ५५ रन बनाएका हुन् । उनले आफ्नो पारीमा ७ चौका समेत प्रहार गरे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ४४ रन जोड्न सफल भए । ६१ बल खेलेका मल्लले ५ चौका प्रहार गरे ।

विनोद र पारसले २१/२१ रन जोड्न सफल भए । विनोद भण्डारी, अरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १/१/१ चौका प्रहार गरे भने र पारस खड्काले १ चौका प्रहार ग रे। त्यस्तै,करन केसीले १ चौका र २ छक्का प्रहार गर्न सफल भए ।

तपाईको प्रतिक्रिया