Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । बसन्त रेग्मीको स्थानमा रोहित कुमार पौडेल टोलीमा अटाएका छन् ।

पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।

आजको खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसंग ३ विकेटले पराजित भएको थियो । युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १ – ० ले अघि छ ।

नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो ।

तपाईको प्रतिक्रिया