Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – युएईमा जारी तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ । दुबईस्थित आइसीसी एकेडेमीमा नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ७ विकेट गुमाउँदै  ३२.१ ओभरमा पुरा गर्‍यो ।

युएईलाई जिताउन आठौं विकेटको लागि आमिर हायात र इमरान हैदरले साझेदारी गरे। दुवैले आठौं विकेटको लागि ४३ रनको शानदार साझेदारी गर्दै नेपालको शृंखलामा १-० को अग्रता बनाए । उसका लागि हायातले अविजित २४ रन बनाउन ४२ बलमा १ चौका र १ छक्का प्रहार गरे भने हैदरले अविजित १८ रन बनाउन ३९ बलमा २ चौका प्रहार गरे। घुलाम सहब्बरले सर्वाधिक ३० रन बनाएका थिए । युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करन केसीले समान २-२ विकेट लिए पनि हार टार्न सकेनन् । अर्को विकेट सोमपाल कामीले लिएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा आरिफ शेखले २५ तथा कप्तान पारस खड्काले २० रन बनाएका थिए । सन्दीप लामिछानेले १५ रन बनाउनुबाहेक बाकी कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।

युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३-३ विकेट लिँदा  इमरान हैदारले २ र क्वादेर अहमदले १ विकेट लिएका थिए । यो जितसंगै युएईले नेपालसँगको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अपराजित यात्रा कायम राखेको छ । यसअघि युएईले नेपाललाई एसिया कप छनोटमा ७८ रनले हराएको थियो । सिरिज अन्तर्गत दोस्रो एकदिवसीय भोलि शनिबार खेलिनेछ । आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट सुरू हुनेछ ।

तपाईको प्रतिक्रिया