Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – शुक्रबार नेपाल र यूएई आईसीसीबाट मान्यता प्राप्त एक दिवसीय खेल खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल र यूएई ५० ओभरको खेलमा लामो समयअघि देखिका प्रतिद्वन्द्वी हुन् । आजभन्दा २० वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक नेपाल र यूएई खेलेका थिए ।

यूएईविरुद्ध नेपालले कुल १५ वटा ५० ओभरको म्याच खेलेको छ । यूएई नेपालविरुद्ध सँधै जस्तो हावी हुँदै आएको छ । यूएईले १५ मध्ये ११ खेल जितेको छ भने नेपालले जम्मा तीन खेलमात्र जितेको छ । बाँकी एक खेल बराबरी भएको थियो ।

संयोग त के छ भने नेपालले यूएई हराउँदै तीनै पटक लक्ष्य पछ्याएको थियो भने तीनै पटक चार विकेटको जित हात पारेको छ ।

 यस्तो छ नेपाल र यूएईबीचको हेड टू हेड :

१. एसीसी ट्रफी, १९९८ अक्टोबर ८
युएई २२२–१०, ४९.४ ओभर
नेपाल १२८–१०, ३८.१ ओभर
यूएई ९४ रनले विजयी

२. एसीसी ट्रफी, २००० नोभेम्बर १५
नेपाल १७९–१०, ४९.५ ओभर
यूएई १८०–९, ४९.३ ओभर
यूएई एक विकेटले विजयी

३. एसीसी ट्रफी, २००२ जुलाई १६
नेपाल १५९–९, ५० ओभर
यूएई १६२–४, ४४.४ ओभर
यूएई ६ विकेटले विजयी

४. एसीसी ट्रफी, २००२ जुलाई २१
नेपाल १८४–१०, ५० ओभर
यूएई १८५–४, ३८.२ ओभर
यूएई ६ विकेटले विजयी

५. एसीसी ट्रफी २००६, अगष्ट २४ सेमिफाइनल
नेपाल १०३–१०, ३७ ओभर
यूएई १०५–१, २०.३ ओभर
यूएई नौ विकेटले विजयी

६. एसीसी ट्रफी एलिट
नेपाल १६६–१०, ४७.३ ओभर
यूएई १७२–४, ४५.४ ओभर
यूएई ४ विकेटले विजयी

७. एसीसी ट्रफी एलिट, २०१२ अक्टोबर ३
यूएई १३३–१०, ४०.५ ओभर
नेपाल १३४–६, ४५.२ ओभर
नेपाल चार विकेटले विजयी

८. एसीसी ट्रफी एलिट २०१२, अक्टोबर १२ फाइनल
यूएई २४१–६, ५० ओभर
नेपाल २४१–९, ५० ओभर
खेल बराबर

९. एसीसी प्रिमियर लिग, २०१४ मे १
यूएई १९१–१०, ४८.१ ओभर
नेपाल १९५–६, ३९.५ ओभर
नेपाल चार विकेटले विजयी

१०. आईसीसी विश्वकप छनोट (लिस्ट ए)
जनवरी १३, २०१४
यूएई २९७–८, ५० ओभर
नेपाल १९५–१०, ४८.१ ओभर
यूएई १०२ रनले विजयी

११. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
२०१७, डिसेम्बर ६
नेपाल २२१–६, ५० ओभर
यूएई २२५–३, ४५.५ ओभर
यूएई ७ विकेटले पराजित

१२. आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (लिस्ट ए)
डिसेम्बर ८, २०१७
यूएई १९५–१०, ४९.२ ओभर
नेपाल १३२–१०, ४२.२ ओभर
यूएई ६३ रनले विजयी

१३. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी ११, २०१८
यूएई ११४–१०, ३१ ओभर
नेपाल ११५–६, २८.५ ओभर
नेपाल चार विकेटले विजयी

१४. आईसीसी विश्व क्रिकेट लिग डिभिजन २
फेब्रुअरी १५, २०१८
यूएई २७७–४, ५० ओभर
नेपाल २७०–८, ५० ओभर
यूएई सात रनले विजयी

१५. एसिया कप छनोट २०१८
यूएई २५४–९, ५० ओभर
नेपाल १७६–१०, ४८.५ ओभर
यूएई ७८ रनले विजयी

तपाईको प्रतिक्रिया