Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा थ्रीस्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनल भिडन्त जितपुरस्थित स्थानीय रंगशालामा दिउँसो साढे ३ बजेपछि सुरु हुनेछ । थ्रिस्टार क्लब संकटालाई हराउँदै सेमिफाईनलमा पुगेको हो भने नेपाल पुलिसलाई पाखा लगाउँदै हिमालयन शेर्पाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

आजको विजेताले उपाधिका लागि नेपाल आर्मीसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । आर्मी आयोजक नव जनजागृती युवा क्लबलाई १– ० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

१० टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले ६ तथा उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । ***

तपाईको प्रतिक्रिया